कृषि विकास सहकारीका अध्यक्ष तेजबिक्रम : प्रहरी छल्न नाम फेरे, घर छाडेर डेरामा लुके
२ असार, काठमाडौं । करिब ३ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पक्राउ गरेका चार जनालाई आइतबार सार्वजनिक गरेको छ । जसमा तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजबिक्रम थापा, उनकी श्रीमती ...